Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

किंग्स लाउन्जमा क्रिसमस इभमा दिपक बज्राचार्यका साथ रिदम

$
0
0

काठमाडौं, ८ पुस । क्रिसमसको पूर्वसन्ध्यामा दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जमा प्रसिद्ध गायक दिपक बज्राचार्य एण्ड रिदम ब्याण्डले लाइभ पर्फमेन्स गर्ने भएको छ । क्रिसमस तथा नयाँ वर्षको उपलक्ष्यमा डिसेम्बर २४ तारिखका दिन आफ्ना ग्राहकलाई शुभकामनासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लाउन्जले ‘दिपक बज्राचार्य एट किंग्स लाउन्ज इन क्रिमस इभ’ आयोजना गरेको हो ।

लाउञ्जका ग्राहकलाइ पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी पुस ९ गते सोमबार साँझ ८ बजेदखि बज्राचार्यको विशेष सांगीतिक प्रस्तुति आयोजना गरिने लाउञ्जले जनाएको छ । मंगलबार लाउञ्जमा कलाकार, आमदर्शक, संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । बज्राचार्य एण्ड रिदम ब्याण्डको प्रस्तुती हेर्नका लागि लाउन्जले विशेष पासको व्यवस्था समेत गरेको छ ।

लाउन्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने लाउञ्जमा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन लाईभ कन्सर्ट आयोजना हुन्छ । जन्मदिन, एनिभर्सरी तथा विदाई समारोहका दौरान सेवाग्राहीलाई लाउञ्जले सेलिब्रेशन सामग्रीहरु केक, स्प्रे, क्याण्डलहरु निशुल्क उपलब्ध गराउने छ । लाउन्जमा गएपछि ग्राहकले सुनेको र पढेको भन्दा पनि उत्कृष्ट महसुस गर्ने सञ्चालकको दावी छ ।

फेमली लाउन्जको रुपमा स्थापित किंग्समा कुटनितिज्ञ, बैंकर, डाक्टर, सेलिब्रेटी तथा स्वदेशी तथा विदेशी ग्राहकको नियमित उपस्थिती हुने गरेको छ । बिहान ११ बजेदेखि राति साँढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । लाउन्जले एक हजार भन्दा धेरै ग्राहकलाई सेवा दिन तथा स्वागत गर्न सक्ने क्षमता रहेको सञ्चालकहरुको भनाइ छ ।

The post किंग्स लाउन्जमा क्रिसमस इभमा दिपक बज्राचार्यका साथ रिदम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles