एजेन्सी, २१ मंसिर । बलिउडका चर्चित गायक मिक्का सिंहलाई दुबई प्रहरीले पक्राउ गरेको छ ।
मिक्का सिंहमाथि यौन दुव्र्यहारको आरोप लागेको छ ।
मिडिया रिपोर्टकाअनुसार उनीमाथि ब्राजिलकी एक मोडलले यौन दुव्र्यहार गरेको आरोप लगाएकी हुन् ।
बुधबार राति ३ बजे दुवई प्रहरीले मिक्कालाई पक्राउ गरेको हो ।
मिक्काले अश्लिल खाले तस्बिर आफुलाई पठाउने गरेको आरोप ती युवतीले लगाएकी छिन् ।
मिक्का सिंह सांगितिक कार्यक्रमका लागि दुवईमा थिए । मिक्का सिंहलाई आबु धावीको जेलमा राखिएको छ ।
The post मिक्का सिंह पक्राउ appeared first on Sajha Post.