एजेन्सी, १२ मंसिर । बलिउड बादशाह शाहरुख खानकी इंटेरियर डिजाइनर श्रीमती गौरी खानले ‘फच्र्यून इंडिया’ मैग्जीनको शीर्ष ५० सर्वशक्तिशाली महिलाको सूचीमा आफ्नो स्थान बनाउन सफल भएकी छिन् ।
गौरी खानको उक्त सफलतापछि उनका श्रीमान् शाहरुख खानले सामाजिक सञ्जालमा उनको निकै तारिफ गरेका छन् । शाहरुख खानकी श्रीमती बाहेक गौरी खानको आफ्नै स्वतन्त्र पहिचान पनि छ । उनी भारतकी चर्चित इंटेरियर डिजाइनर हुन् । गौरीको कम्पनी गौरी खान डिजाइनले धेरैजना सेलिब्रेटीका घर र रेस्टुरेन्टका पनि इंटेरियर डिजाइन गरिसकेकी छिन् । यसका साथै उनको कम्पनीले स्थानीय डिजाइनर र धेरैवटा चर्चित अन्तराष्ट्रिय ब्राण्डहरुसँग पनि समन्वयमा काम गरिसकेको छ ।
उनको काम र मेहेनतका कारण मैग्जीनले उनलाई शीर्ष ५० शक्तिशाली महिलाको सूचीमा राखेको हो ।
अवार्ड वितरण समारोहमा सम्मानित भएपछि गौरीले आफ्नो मेहेनत र सफलताको कहानी सबैसँग साझा गरेकी छिन् ।
The post शीर्ष ५० शक्तिशाली महिलाको सूचीमा परिन् गाैरी खान, यसरी साझा गरिन् सफलताको कहानी appeared first on Sajha Post.