Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमानलाई ज्यान मार्ने धम्कीपछि अर्का अभिनेता शाहरुख खानलाई पनि आयो धम्की

$
0
0

एजेन्सी, ९ मंसिर । बलिउडका दबंग अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की पछि इन्डस्ट्रीका बादशाह शाहरुख खानलाई पनि धम्की आएको छ । शाहरुखलाई धम्की आएको खबरपछि प्रहरीले उनको सुरक्षा व्यवस्था बढाई दिएको छ ।

शाहरुखलाई ओडिशा संगठनले हकी वल्र्ड कपमा उपस्थित भएमा मुखमा मसी छेप्ने धम्की दिएको छ ।

यस मामिलामा भुवनेश्वरका डिसीपी अनूप साहूको बयान आएको छ । अनूप साहूले भनेका छन्, ‘हकी विश्वकपको समयमा शाहरुख खानको यात्राका लागि सुरक्षाको पर्याप्त तयारी गर्नेछौं । शाहरुखको कार्यक्रमको बारेमा अझै पुष्टि हुन बाँकी छ ।’

शाहरुखलाई यो धम्की कलिंग सेनाका मुखिया हेमन्त रथले दिएका हुन् ।

हेमन्तले भनेका छन्, ‘१७ वर्ष अघि शाहरुख खानको फिल्म अशोका रिलिज भएको थियो । त्यस फिल्मा कलिंक राज्यका मानिसहरुको अपमान गरिएको थियो ।’

संगठनले त्यस सम्बन्धि १ नोभेम्बरमा प्रहरीमा उजूरी पनि दर्ता गराएका थिए ।

शाहरुखको ओडिशा आगमनका कारण यस मामिला पुन जागेको छ । संगठनका मुखिया हेमन्त रथले शाहरुखले इतिहासलाई बंगाएको कारण आफूहरुको भावनामा चोट पुगेको बताएका छन् । यसका साथै उनीहरुले शाहरुख खानले ओडिशाका मानिसहरुसँग माफी माग्नुपर्ने बताएका छन् ।

वास्तवमा यी सम्पूर्ण विवादको शुरुवात २००१ मा भएको हो जब किङ खानको फिल्म ‘अशोका’ रिजिल भएको थियो । फिल्म रिलिज भएको एक हप्तापछि ओडिशाबाट त्यस फिल्मलाई हटाइएको थियो । यसकारण फिल्मको विरोध पनि भएको थियो ।

ओडिशामा हकी वल्र्डकप २८ नोभेम्बरबाट शुरु हुँदैछ र त्यो १६ डिसेम्बरमा समापन हुनेछ । समारोहको उद्घाटनमा उपस्थित हुन शाहरुख खानलाई ओडिशाका मूख्यमन्त्री नवीन पटनायकले निमन्त्रणा दिएका हुन् ।

The post सलमानलाई ज्यान मार्ने धम्कीपछि अर्का अभिनेता शाहरुख खानलाई पनि आयो धम्की appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles