एजेन्सी, ५ मंसिर । हलिउडका पप सिंगर जैन मल्लिकले आफ्ना फ्यानलाई एउटा सांगितिक उपहार दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सलमान खान अभिनित फिल्म ‘रेस थ्री’ को ‘अल्लाह दुहाई है’ बोलको गीतको कभर अपलोड गरेपछि उनका फ्यानहरु एकसाथ खुशी र आश्चर्यमा परेका छन् ।
जैन मल्लिकले त्यस चर्चित गीत गाउनुका साथै त्यसलाई इलेक्ट्रोनिक डान्स म्युजिक थप गरी ट्वीस्ट दिएका छन् ।
जैनले आफ्नो भारतीय फ्यानलाई यो सुन्दर उपहार दिएका हुन् । उनको कभरलाई धेरैले मनपराएपछि कतिपयले भने उनले हिन्दी गायनका लागि थप प्रयास गर्नुपर्ने बताएका छन् ।
त्यसो त जैनले हिन्दी कभर गाएको यो पहिलोपटक भने होइन । यस अघि उनले ‘अल्लाहके बन्दे’ र कैलाश खेरको ‘तेरी दिवानी’ जस्ता गीतका कभर गाइसकेका छन् । तर तेरी दिवानी गीतका धेरै ट्रोलहरु बनाइएपछि त्यस गीतलाई हटाइएको थियो ।
The post जैन मल्लिकले ल्याए कोसेली, खुशी र आश्चर्यमा छन् ‘फ्यान’ appeared first on Sajha Post.