Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमान खानलाई ज्यानमार्ने धम्की दिने शेरा गिरफ्तार

$
0
0

एजेन्सी, २ कात्तिक । बलिउडका दबंग अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिने एकजना युवकलाई मुम्बई क्राइम ब्रान्चको टोलीले करेलीबाट गिरफ्तार गरेको छ । ती सन्दिग्ध युवकको नाम शेरा रहेको छ ।

क्राइम ब्रान्चका तीनजना अधिकारीहरुले शनिबार करेली पुगेर मोबाइल फोनको आधारमा पाएको लोकेशनमा छापा मार्न शुरु गरेका थिए । छापामारी पछि त्यस क्षेत्रमा हंगामा मच्चिएिको थियो । करिब पाैने घण्टा जति त्यहाँ छापामारेपछि उनीहरुले शेरा नामको त्यस युवकलाई पकड्न सफल भएका थिए ।

गिरफ्तार गरेपछि ती सन्दिग्धलाई लिएर क्राइम ब्रान्चका ती अधिकारीहरु सिधा मुम्बई पुगेका थिए ।

ती युवकको विरुद्धमा मुम्बईको थानामा एफआईआर दर्ता गरिएको छ । मुम्बईबाट करेली पुगेका प्रहरी टोलीको अनुसार आरोपीले आफ्ना साथीहरुसँग मिलेर कहीबाट सलमानको व्यक्तिगत नम्बर प्राप्त गरेका थिए । उक्त नम्बरबाट फोन गरेर ती सन्दिग्धले सलमानसँग दुरवाच्य बोल्नुका साथै मार्ने धम्की पनि दिएका थिए ।

त्यसपछि शेरा सहित चारजनाको विरुद्ध उजूरी दर्ता भएको थियो । रिपोर्टको अनुसार प्रहरीको निगरानीबाट आरोपीहरुको खोजी भएको थियो । ती सन्दिग्धहरु प्रयागराजमा भएको जानकारी पाएपछि क्राइमब्रान्चले छापा मारी गिरफ्तार गरेको थियो ।

सलमान हाल आफ्नो अपकमिङ फिल्म ‘भारत’ को शूटिङमा व्यस्त छन् ।

The post सलमान खानलाई ज्यानमार्ने धम्की दिने शेरा गिरफ्तार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles