काठमाडौं, २९ कात्तिक । कुनै बेला नेपाली चलचित्र उद्योगमा चर्चित नायिका निरुता सिंहले चर्चित कलाकार हरिवंश आचार्यसँग जोडी बाँध्ने भएकी छन् ।
‘रिल लाइफ’मा बाँधिने जोडीको सन्दर्भ हो मह जोडीको नयाँ चलचित्र ‘दाल भात तरकारी ।’ लामो समय हराएपछि निरुताले ‘नाई नभन्नू ल ५’ बाट नेपाली चलचित्रमा कमब्याक गरेकी थिइन् ।
महको चलचित्रका लागि उनी बुधबार नेपाल आइन् । मुम्बई बस्दै आएकी उनी करिब २ महिना नेपाल बस्ने छिन् । देशको मूर्धन्य व्यक्तिसँग पर्दामा देखिन पाउँदा खुसी रहेको उनको प्रतिक्रिया छ ।
बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत कलाकार किरण केसीले स्वागत गरे । नेपाली भूमि छुँदै उनले भनिन्, ‘नेपाली भूमी टेकेपछि म सबैभन्दा बढी खुसी हुन्छु ।’
‘हरिदाई, मदनदाई, किरणदाईको म मात्र होइन मेरो परिवार नै फ्यान हो,’ उनले भनिन्, ‘उहाँहरुसँग काम गर्न पाउँदैछु मेरो एउटा सपना पूरा भयो ।’
सि्हको भूमिका बारे केसीले सञ्चारकर्मीलाई भने, ‘सुरुवातदेखि अन्त्यसम्म हरिवंश र निरुताको जोडी टुट्दैन । चलचित्रको मेजर रोलमा नै उहाँहरु हुनुहुन्छ । फिल्ममा एक गीतमा नृत्य गर्ने तयारीमा रहेकी उनी उत्साहित देखिन्थिन् । उनले दर्शकहरुले आफूलाई नितान्त नयाँ भूमिकामा देख्न पाउने बताइन् ।
The post हरिवंशसँग जोडी बाँध्दै निरुता, ‘दाल भात तरकारी’का लागि नेपाल आइन् appeared first on Sajha Post.