एजेन्सी, २८ कात्तिक । बलिउडका पावरफुल कपल मानिने अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोणको विवाह आज इटलीमा हुँदैछ । इटलीको कोमो तलाउस्थित रिसोर्टमा विवाह अघिका सबै परम्परागत कर्महरु सुरु भैसकेका छन् । १३ नोभेम्बरमा दिपिकाको मेहेन्दी कार्यक्रम सम्पन्न भयो ।
विवाहको कपडामा एक एक कर्म दिपिकाको लागि निकै भावविवह्ल क्षण बन्यो । स्रोतहरुका अनुसार कतिपय अवस्थामा दिपिका रोएको पनि देखिएको थियो । संगीत र मेहेन्दीको दिन यस्तै भएको थियो । जब दिपिकाको हातमा रणवीरको नामको मेहेन्दी लागिरहेको थियो त्यस समय पनि उनले आफुलाई रुनबाट रोक्न सकेकी थिइनन् ।
दिपिकाको मेहेन्दी कार्यक्रममा गायिका शुभा मुग्दलले ठुमरी गाउँदा उनी निकै रोएकी थिइन् । उनको आँशु रोकिएको थिएन ।
दिपिका त्यसरी रोएपछि उनको भावनालाई बुझेर रणवीर नजिक आएर उनलाई आंगालो हालेका थिए । रणवीरले सधै आफु दिपिकासँगै रहने भन्दै उनलाई सम्झाएका थिए । रणवीरले त्यस्तो आश्वासन दिएपछि दिपिकाको अनुहारमा सानो मुस्कान आएको थियो ।
दिपिका र रणवीर १५ नोभेम्बरको दिन साधारण परम्पराले विवाह गर्दैछन् भने आज कोंकणी परम्परा अन्तर्गत विवाह गर्दैछन् ।
The post बलिउड विवाहः मेहेन्दी कार्यक्रममा रोएपछि रणवीरले यसरी सम्हाले दिपिकालाई appeared first on Sajha Post.