Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

झुर फिल्मको ट्यांग पाएको फिल्म ‘थग्स अफ हिन्दुस्तान’को दुई दिनको कमाइ कति

$
0
0

एजेन्सी, २५ कात्तिक । बहुप्रतिक्षित फिल्म ‘थग्स अफ हिन्दुस्तान’ले बक्स अफिसको पहिलो दिन सानदार कमाइ गरेको थियो ।

पहिलो दिनमा नै ५२.२५ करोड (भारु) कमाउन सफल यस फिल्मले दोस्रो दिन भने २९ करोडको कलेक्सन गर्यो ।

फिल्मको रिभ्यु अति नै नराम्रो आएपछि फिल्मको कलेक्शनमा पनि यसले ठुलो असर पारेको छ ।

पहिलो पटक बलिउडका दुई स्टार अभिनेता अमिताभ बच्चन र आमिर खानले अभिनय गरेको यस फिल्मलाई समिक्षक तथा फ्यानहरुले हालसम्मकै झुर फिल्म भएको बताएपछि यसको सोझो असर कलेक्शनमा परेको हो ।

दुई दिनको कलेक्शन राम्रो देखिएतापनि फिल्मले लगानी गरेको रकम उठाउनेमा धेरैको शंका रहेको छ ।

कम लगानीमा बनेका फिल्महरुले राम्रो कारोबार गरिरहेको अवस्थामा ठुलो बजेटको यस फिल्मलाई भने ठुलै झट्का लाग्नसक्ने फिल्म समिक्षकहरुले बताएका छन् । हालसम्म यस फिल्मले ८१ करोडभन्दा माथिको कलेक्शन गरेको छ ।

The post झुर फिल्मको ट्यांग पाएको फिल्म ‘थग्स अफ हिन्दुस्तान’को दुई दिनको कमाइ कति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles