Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

हलिउडमा प्रवेश गरेपछि बिग्रियो प्रियंका चोपडाको ड्रेसिङ सेन्स

$
0
0

एजेन्सी, १९ कात्तिक । बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय आफ्नो विवाहको कारण निकै चर्चामा छिन् । यस बाहेक हाल उनी आफ्नो ड्रेसिङ सेन्सको कारणले पनि चर्चामा आएकी छिन् ।

वास्तवमा बलिउडबाट हलिउडमा प्रवेश गरेपछि प्रियंकाको ड्रेसिङ सेन्समा ठूलो परिवर्तन आएको छ । उनको यो ड्रेसिङ प्याटर्नलाई कसैले मनपराएका छन् भने धेरैले उनको ड्रेसिङ प्याटर्न बिग्रिएको मान्दछन् ।

हालै मात्र प्रियंकाको एउटा तस्बिर सार्वजनिक भएको छ जसमा उनी गेरु रंगको स्वेटर र रातो रंगमा देखिएकी छिन् । त्यस तस्बिरमा उनको लुक्स निकै क्लासिकल छ । त्यस पहिरनमा उनले रातो रंगकै बूट लगाएकी छिन् । त्यसमा उनले लाइट मेकअप र हेयरस्टाइल सामान्य बनाएकी छिन् ।

प्रियंकको त्यस स्कर्टको मूल्य त एक लाख २७ हजार ५०९ भारतीय रुपैयाँ रहेको छ । यस अघि प्रियंका आफ्नो ब्राइडल शावर लुकको लागि पनि निकै चर्चामा आएकी थिइन् । उनले गोद भराईको पार्टीको समयमा चार लाख ३९ हजार ५८३ को गाउन लगाएकी थिइन् ।

त्यसबाहेक ५३ हजार १६० को स्यान्डल र ७३ हजारको क्लच बोकेकी थिइन् । साथै उनले १० करोडको टिफानी एण्ड कोको डायमण्ड ज्वैलरी पनि लगाएकी थिइन् ।

The post हलिउडमा प्रवेश गरेपछि बिग्रियो प्रियंका चोपडाको ड्रेसिङ सेन्स appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles