Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘दबंग ३’मा भान्जी अलिजेहलाई लन्च गर्दै सलमान खान

$
0
0

एजेन्सी, १८ कात्तिक । पछिल्लो केही महिनादेखि सलमान खानकी भान्जी अलिजेह अग्निहोत्रीले बलिउडमा डेब्यु गर्ने खबरहरु आइरहेका थिए । हालै यस खबरमा केही प्रगती भएको स‌ंकेत भारतीय सञ्चार माध्यमहरुले दिएका छन् । वास्तवमा सलमान आफैंले आफ्नो अपकमिङ फिल्म ‘दब‌ंग ३’ मा भान्जी अलिजेहलाई लन्च गर्दैछन् । तथापी यस खबरबारे आधिकारीक पुष्टि भने अझै भएको छैन ।

पछिल्लो केही समयदेखि अलिजेह अग्निहोत्री नृत्य र गायन कक्षामा व्यस्त छिन् । उनको यो व्यस्तताले बलिउडमा डेब्युका लागि उनको पूर्व तयारीलाई स‌ंकेत गरेको छ ।

अलिजेहलाई यो नृत्य कक्षा चर्चित भारतीय कोरियोग्राफर सरोज खानले दिंदैछिन् ।

फिल्म ‘दब‌ंग ३’ आगामी २०२० सम्म रिलिज हुने अपेक्षा गरिएको छ । यसपटक पनि फिल्ममा सलमानको अपोजिट सोनाक्षी सिन्हा नै देखिन सकिने अपेक्षा गरिएको छ ।

फिल्मको पछिल्लो दुई सिक्वेलमा पनि सोनाक्षी नै देखा परेकी थिइन् । स्रोतहरुका अनुसार अलिजेह फिल्ममा महत्वपूर्ण भूमिकामा देखा पर्न सक्नेछिन् ।

‘दब‌ंग’का दुवै सिक्वेल यस अघि सुपरहिट सावित भैसकेको छ ।

हाल सलमान खान आफ्नो अपकमिङ फिल्म भारतको तयारीमा जुटेका छन् ।

The post ‘दबंग ३’ मा भान्जी अलिजेहलाई लन्च गर्दै सलमान खान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles