Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

विवाहका बारेमा सोनाक्षी सिन्हाले गरिन् खुलासा, बताइन् आफ्नो बलिउड क्रश

$
0
0

एजेन्सी, १५ कात्तिक । अहिले बलिउडमा विवाहको लहर चलेको छ । प्रियंका निक, दिपिका रणवीर, मलाइका अर्जुन यी सबै जोडीहरु चाँडै नै विवाह गर्दैछन् । यसै मौकामा दबंगकी अभिनेत्री सोनाक्षी सिन्हाले पनि आफ्नो विवाहबारे ठूलो खुलासा गरेकी छिन् । एक अन्तर्वार्तामा सोनाक्षीले यी कुराहरुको खुलासा गरेकी हुन् ।

अन्तर्वार्तामा सोनाक्षीले आफ्नो भावी श्रीमान्मा हुनुपर्ने गुणका बारेमा कुरा गरिन् । उनले भनिन्, ‘मेरो हुनुवाला श्रीमान्ले मलाई ठाउँ दियोस् बन्धनमा नराखोस् ।’ साथै सोनाक्षीले जोसँग पनि विवाह गर्दा हुने तर गलत कारणमा लागेर कहिल्यै विवाह गर्नु नहुने बताइन् ।

साथै जब सोनाक्षीलाई बलिउडमा उनको क्रश को माथि रहेको भन्ने प्रश्नमा उनले बलिउडका सुपरहिरो ऋतिक रोशनको नाम लिइन् । उनले ऋतिकको फिल्म ‘कहो ना प्यार है’ बाट ऋतिकमाथि आफू आकर्षित भएको बताइन् । त्यस समय सोनाक्षी १३ वर्षकी थिइन् भने ऋतिक २६ वर्षका थिए । यो फिल्म २००० मा रिलिज भएको थियो ।

हाल सोनाक्षी सिन्हा सिंगल छिन् तर सलमानका भाई सोहेल खानका साला बन्टी सचदेवासँग अफेयरको खबरलाई लिएर पनि उनी चर्चामा थिइन् तर लामो समयसम्मको रिलेशनशिप बावजूद पछि उनीहरुको ब्रेकअप भएको थियो ।

सोनाक्षी सिन्हा चाँडै नै सलमानको अपकमिङ फिल्म ‘दबंग ३’ मा वरुण धवनसँग देखा पर्दैछिन् ।

The post विवाहका बारेमा सोनाक्षी सिन्हाले गरिन् खुलासा, बताइन् आफ्नो बलिउड क्रश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles