एजेन्सी, १३ कात्तिक । बलिउडमा फिल्म उद्योगमा अभिनेता विनोद मेहेराको नाम धेरै कमैले सुनेका छन् । तर यदि तपाई बलिउडको त्यो सुनौलो युगको दर्शक हुनुहुन्छ भने तपाईले उनको अभियनको जादूलाई पक्कै सम्झनु भएको छ । वास्तविकताको धरातलमा उत्रिएर अभिनयलाई जिवन्त बनाउने विनोद मेहेरा तिनै अभिनेता हुन् जसले आफ्नो २७ वर्षको सक्रिय फिल्मी करियरमा भारतीय फिल्मी क्षेत्रलाई धेरै ब्लकबस्टर फिल्म दिएका थिए । मात्र ४५ वर्षको उमेरमा संसार छोडेका विनोद मेहेराको आज ३० अक्टोबर पुण्यतिथी परेको छ ।
आज हामी तपाईलाई विनोद मेहेरा र चर्चित अभिनेत्री रेखाका निजी जीवनका केही अन्तरंग प्रसंगहरुलाई सुनाउने छौं जसलाई सुनेर तपाई सक्ड हुनुहुनेछ ।
विनोद मेहेराले जीवनमा तीनवटा विवाह गरे । उनको पहिलो श्रीमती मीना ब्रोका, दोस्री श्रीमती बिन्दीया गोस्वामी र तेस्री श्रीमती रेखा हुन् ।
उनको तीन विवाहमध्ये ८० को दशकमा सबै बढी चर्चामा रह्यो रेखासँगको उनको अफेयर । यी दुईको एउटा घटना निकै रोचक छ जसलाई धेरै कम मानिसहरुले मात्र थाहा पाएका छन् ।
खबरहरुका अनुसार विनोद र रेखा र कलकत्तामा प्रेम विवाह गरेपछि जब विनोदले रेखालाई आफ्नो आमासँग भेट गराउन मुम्बाईस्थित घर लिएर गएका थिए, तब रेखालाई देखेर विनोदकी आमा यति धेरै आक्रोशित भइन् कि उनले आर्शिवाद लिन आएकी नयाँ बुहारी रेखालाई चप्पलले पिटिन् । यस घटनाबारे रेखाको बायोग्राफी ‘द अनटोल्ड स्टोरी’ मा लेखिएको छ । जसलाई यासिर उस्मानले लेखेका हुन् । त्यसपछि गेटमा उभिएकी रेखालाई विनोदको आमाले अपशब्द प्रयोग गरेर गाली पनि गरेकी थिइन् ।
The post यसकारण अभिनेत्री रेखाले खाएकी थिइन् चप्पलले पिटाई appeared first on Sajha Post.