एजेन्सी, ८ कात्तिक । ‘उमेर त अंक मात्र हो,’ यो भनाई हो ती ७२ वर्षीया वृद्धाको जसको विवाहको प्रसंगले जोकोहीँको होश उडाइदिन्छ ।
प्रेमको अगाडि उमेर, जातपात र आकार प्रकारको ख्याल राखिँदैन यो भनाई धेरैको हकमा साबित भैसकेको छ । यो वास्विकता पनि हो । प्रेम भावना हो जसको कुनै सीमा हुँदैन जुनकुनै समय जो कसैलाई पनि यसले समेट्न सक्छ । तर अमेरिकी स्थित टेनेसीस्थित एउटा जोडीको वैवाहिक जीवन भने होश उडाउने छ । वास्तवमा यी जोडीको उमेरमा आकाश पातालको फरक छ जसले जोकोहीँको होश उडाउन सक्छ ।
यो जोडी १९ वर्षीय गेरी हार्डविक र उनकी ७२ वर्षीया श्रीमती अल्मेडा हार्डविकको हो । यी जोडीको उमेरमा ५३ वर्षको फरक छ ।
विगत दुई वर्ष अघिदेखि वैवाहिक सम्बन्धमा बाँधिएका यी जोडीका लागि उनीहरुको उमेरको यो व्यापक खाडल कहिल्यै समस्या बनेको छैन तर, उनीहरुको परिवारका अन्य सदस्य भने यसबाट एकदमै असन्तुष्ट छन् । उनीहरुको यो सम्बन्ध शुरु भएयता अल्मेडाको छोरा आमासँग बोल्दैनन् र उनका नातानातिनि पनि यो सम्बन्धलाई लिएर उनीसँग लडाई गरिरहेका छन् ।
यी जोडीको पहिलो भेट एउटा स्थानीय पिज्जा रेस्टुरेन्टमा भएको थियो । त्यसको दुई हप्तापछि उनीहरु विवाह बन्धनमा बाँधिएपछि उनीहरुले कहिल्यै पछाडि फर्केर हेरेका छैनन् ।
बारक्रफ्ट टेलिभिजनको शो ‘एक्सट्रिम लभ’ मा कुराकानी गर्दै गेरीले भने उनलाई थाहा थियो त्यो उनको पहिलो देखाईको प्रेम थियो । त्यसैले उनले मनमा केही प्रश्न खेलाएर समय बर्बाद गर्न चाहेनन् ।
उनले भने, ‘यदि तपाई उमेरको यो फरकलाई देखेर अचम्मित हुनुहुन्छ भने तपाईलाई म बताउँछु कि अल्मेडा पहिलो वृद्ध महिला हैन जसलाई मैले डेट गरेँ । उनी अघि म ७७ वर्षीया महिलासँग प्रेम सम्बन्धमा थिए तर उनी बढी जिद्दी भएको कारण उनीबाट अलग्गिने मैले फैसला लिए ।’
यी जोडीले प्रेमले नै उनीहरुलाई एकसाथ बनाएर राखेको बताए । साथै उनीहरुले भने यदि उनीहरु यो सबैसँग खुशी छन् भने बाहिरी मान्छेसँग उनीहरुलाई मूल्यांकन गर्ने कुनै अधिकार छैन ।
१९ वर्षका गेरी आफ्नो यो सम्बन्धबाट यति धेरै खुशी छन् उनी आफ्नी ७२ वर्षीया श्रीमतीलाई आफ्नो ‘सलमेट’ भएको बताउँछन् ।
The post १९ वर्षीय श्रीमानको ७२ वर्षीया श्रीमतीको रोमाञ्चक प्रेम कहानी appeared first on Sajha Post.