Image may be NSFW.
Clik here to view.
एजेन्सी, ७ कात्तिक । बलिउड अभिनेत्री सन्नी लियोनीको छवि उनको फ्यानको अघि एक पोर्नस्टारको रहेता पनि उनी एक भर्सटाइल कलाकार भएको उनको पछिल्लो फिल्म ‘वीरमदेवी’ ले प्रमाणित गरेको छ । एक विरगंनाको भूमिकामा देखिएकी सन्नीको यो फिल्म चाढै नै रिलिज हुँदैछ ।
तर केही संगठनले भने यो फिल्मलाई लिएर सन्नीको विरोधमा उत्रीएका छन् । हालै कर्नाटकको बेंगलुरुमा सन्नीको विरोधमा उनको पोस्टकार्ड जलाइएको छ । कन्नड रक्षना वेदिका युवा सेनाले सन्नीले फिल्ममा वीरमदेवीको भूमिकामा देखा पर्नु त्यस्ता एेतिहासिक पात्रको अपमान हुने बताएका छन् । उक्त संगठनले फिल्म नरोकिए पद्मावतको जस्तो विरोध गर्ने धम्की दिएको छ ।
मिडिया रिपोर्ट्सको अनुसार केही युवाहरुले फिल्मको विरोधमा ब्लेडले आफ्नो हात पनि काटेका छन् ।
संगठनका प्रमुख आर हरीश सन्नीको छवि एक पोर्नस्टार भएको कारण उनले यस्तो एेतिहासिक पात्रको भूमिका निभाउन नहुने बताउँछन् ।
वीरमदेवी एक एेतिहासिक पात्र हुन् जो कर्नाटक अलावा देशभरी चर्चित छिन् । कर्नाटकमा उनको धेरै मन्दिरहरु बनाइएको छ ।
यस अघि पनि बेंगलुरुमा विवादका कारण सन्नी लियोनीको कन्सर्ट रद्द भएको थियो । त्यस समय राज्य सरकार पनि सन्नीको विरोधमा उत्रीएको थियो ।
सन्नी वीरमदेवीबाट साउथ फिल्ममा डेब्यु गर्दैछिन् ।
The post सन्नी लियोनीको यो फिल्मको विरोधमा युवाहरु काट्दैछन् आफ्नै हात appeared first on Sajha Post.