Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘मि टु’ मुभमेन्टका कारण धरापमा पर्यो साजिद खानको करिअर

$
0
0

एजेन्सी, ६ कार्तिक । भारतमा पछिल्लो समय ‘मि टु’ ट्रेडले ठुलै तरंग ल्याएको छ ।

बलिउड भित्र यौन शोषणमा परेका पीडितहरुले एकपछि अर्को गर्दै रहस्यहरु बाहिर ल्याइरहेका छन् ।

यसैबिच सबैभन्दा विवादमा परेका छन् निर्देशक तथा फिल्म निर्माता साजिद खान । उनविरुद्ध युवतीहरुले यौन शोषण गरेको आरोप लगाएका छन् । सलोनी चोपडाले उनीविरुद्ध आरोप लगाएपछि अन्य युवतीहरुले आफुमाथि भएको यौन शोषणको रहस्य खोलेका हुन् ।

उनीमाथि राचेल वाइटले पनि यौन शोषण गरेको आरोप लगाएकी छिन् ।

फिल्मको अफर गर्ने र यौनको प्रस्ताव पनि राख्ने गरेको उनीहरुले आरोप लगाएका छन् । यो विवाद आएपछि ठुला स्टारहरुले उनीसँग काम गर्न नमानेको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।

फिल्म हाउसफुल ४ को निर्देशक रहेका उनले आफ्नो जिम्मेवारीबाट पछि हट्न बाध्य भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

बलिउड स्टार अक्षय कुमारले साजिद खानसँग काम नगर्ने बताएपछि उनले नैतिकता देखाउँदै पछि हटेका थिए । यसबारे अनुसन्धान हुने र छिट्टै नै साजिद खानमाथि लगाइएको आरोपबारे फैसला हुने समेत बताइएको छ ।

The post ‘मि टु’ मुभमेन्टका कारण धरापमा पर्यो साजिद खानको करिअर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles