Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

इंडियन आइडलको जज प्यानलबाट आफै निस्किए कि निकालिए अनु मल्लीक ?

$
0
0

एजेन्सी, ५ असोज । भारतको चर्चित सिंगिङ रियालिटी सोका जज अनु मल्लीक अब इंडियन आइडलमा जजको रुपमा देखा पर्ने छैनन् ।

मिटु मुभमेन्टको भूमिरामा उनी पनि फँसेका छन् । मिटु मुभमेन्ट अभियान अन्तर्गत गायिका सोना महापात्रा र श्वेता पंडितले उनीमाथि यौन उत्पीडनको आरोप लगाएका छन् ।

यी आरोपहरु आएपछि सोनी टिभीले एउटा बयान जारी गर्दै अनु मल्लीकलाई इंडियन आइडलको जूरी प्यानलबाट हटाएको घोषणा गरेको छ ।

सोनी टिभीको बयान अनुसार अब अनु मल्लीक शोको जूरी प्यानलमा रहने छैनन् । शो पहिले जस्तै चल्ने छ । शोमा भारतीय संगित क्षेत्रका ठूला व्याक्तित्वलाई पाहुनाको रुपमा बोलाइने छ । ती पाहुनाले विशाल र नेहासँग मिलेर इंडियन आइडलको सिजन १० का प्रतिभाशाली प्रतियोगीलाई जज गर्ने छन् ।

समाचार संस्था पिटिआईको अनुसार अनु मल्लीकले एक बयानमा इंडियन आइडलबाट ब्रेक लिने आफ्नो फैसला सुनाएका छन् । उनले यसको कारण आफ्नो ध्यान भड्किएको र च्यानल यस कुरा प्रति सन्तुष्ट रहेको बताएका छन् ।

महिलाहरुले आफुमाथि भएको यौन उत्पीडनको कहानी साझा गर्ने अभियान मिटुमा गायिका श्वेता पंडितले पनि ट्वीटरमा आफ्नो अनुभव पोस्ट गरेकी थिइन् ।

श्वेताले लेखेकी छिन्,‘सन् २००० मा फिल्म मोहब्बतेबाट मेरो करियरको सुरुवात भयो । सफतालाई कायम राख्नका लागि म राम्रो गितको तलाशमा थिए । मलाई त्यस समय अनु मल्लीकको मेनेजरको तर्फबाट फोन आयो । २००१ मा मलाई अंधेरीको एंपायर स्टूडियोमा बोलाइयो ।  अन्य सिंगरजस्तै म जोशले भरीएको थिए । एउटा कैबिनमा म र अनु मात्र थियौं । अनुले बिना संगित मलाई गाउन लगाए । गित सुनेर अनुले मलाई सुनिधि र शानसँग एउटा गित दिने तर पहिले उनलाई चुम्बन गर्नुपर्ने बताए । यो भनिरहँदा उनी हाँसीरहेका थिए । मेरो यादमा यो एकदमै खराब मुस्कान थियो । त्यस समय म मात्र १५ वर्षको थिए र स्कूल जान्थे । कोही कल्पना गर्नसक्छ त्यो पल कस्तो थियो ।’

यस्तै गायिका सोना महापात्राले पनि अनु मलिकमाथि गम्भिर आरोप लगाएकी थिइन् । उनले बलिउड उद्योगमा अरु धेरै अनु मलिक भएको बताएकी थिइन् ।

यौन उत्पीडनको आरोपमा अनु मल्लीकका वकीलको तर्फबाट सफाई पेश भएको छ । उनको वकीलका अनुसार उनीमाथिको आरोप विना आधार र झूट छन् । उनी यो अभियानलाई सम्मान गर्छन् तर कसैको चरित्र हत्याका लागि यसको प्रयोग गर्नु गलत भएको बताइएको छ ।

The post इंडियन आइडलको जज प्यानलबाट आफै निस्किए कि निकालिए अनु मल्लीक ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles