महोत्तरी, १४ असोज । हास्य कलाकारद्वय सीताराम कट्टेल (धर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले आईतबार महोत्तरीको दलित बस्तिकाका विद्यार्थीहरुलाई स्कूल पोशाक वितरण गरेका छन् ।
धुर्मुस र सुन्तलीकै सक्रियतामा विद्यालय भर्ना भएका महोत्तरी गौशाला नगरपालिका ७ मनहरवाका २ सय ७० दलित बालबालिकालाई उनीहरुले पोशाक वितरण गरेका हुन् । यसअघि बालबालिकालाई उनीहरुले शैक्षिक सामग्री र स्कूल ब्याग दिएर विद्यालय भर्ना हुन हौस्याएका थिए ।
ती बालबालिकाको शैक्षिक अभिभावक समेत बनेका धर्मुस सुन्तलीकै सक्रियतामा भर्ना अभियान अन्तर्गत गत बैशाख १३ गते मनहरवाको नेपाल राष्ट्रिय जनजाती आधारभूत विद्यालयमा १ सय २५ मुसहर बालबालिका भर्ना गराई अभिभावकत्व लिएका थिए ।
ती बालबालिका विद्यालय जान थालेपछि समुदायका अन्य बालबालिका समेत विद्यालयमा भर्ना भएपछि दलित बालबालिकाको संख्या दोब्बरले वृद्धि भएको विद्यालयले जनाएको छ ।
त्यस्तै काठमाडौंस्थित संगम बुक्स पब्लिकेशनले पनि ती बालबालिकाहरुलाई पोशाकका लागि सहयोग जुटाउन सहयोगमा गरेका थिए ।
The post धुर्मुस सुन्तलीले बाँडे दलित वस्तिमा विद्यार्थीलार्इ पोशाक appeared first on Sajha Post.