१४ भदौ । ‘द कपिल शर्मा शो’ मार्फत दर्शकहरुमाझ निकै लोकप्रिय रहेका कपिल शर्माले छोटो समयमै ठूलो स्टारडम त कमाए तर त्यसलाई टिकाइराख्न सकेनन् । सफलतासँगै उनमा घमण्डले राज गर्र्दै गयो । अन्नतः उनका सहकर्मीहरु तथा उनको निमन्त्रणलाई स्वीकार गर्ने अतिथिहरुले समेत उनको साथ छोडे ।
सहकर्मी तथा चर्चित कमेडियन सुनिल ग्रोवरमाथि कपिलले नशाको सुरमा अभद्र व्यवहार गरे । जसका कारण सुनिलले ‘द कपिल शर्मा शो’ छै छाडे भने भने सुनिलको बार्हिगमनसँगै शो नराम्ररी प्रभावित भयो । त्यस्तै कपिलको मनलाग्दी व्यवहारका कारण अन्नतः शो नै बन्द हुन पुगेको थियो ।
टेलिभिजन दुनियाँबाट केही समय टाढा रहेपछि पुनः नयाँ शो ‘फ्यामिली टाईम’ मार्फत उनी दर्शकहरु माझ फर्किए तर पहिलेजस्तो सफलता भने पाउने सकेनन् । आफ्नो व्यवहार नसुधभारका कारण उनको उक्त शो पनि बन्द भयो ।
त्यसपछि उनी चलचित्रको पर्दामा हात हाले । उनको दोश्रो फिल्म ‘फिरंगी’ले पनि असफल भयो । त्यस समयमा कपिलले आफू डिप्रेसनको शिकार भएको र त्यसको असर आफ्नो व्यावसायिक जीवनमा परिरहेको बताएका थिए ।
त्यसपछि उनी पूर्ण रुपमा मिडिया र सामाजिक सञ्जालहरुबाट टाढा रहेका । उनी एक हिसाबले उनी गुमनाम जस्तै थिए । तर पछिल्लो समय युरोप भ्रमणमा रहेको बेला उनका एक जना फ्यानले खिचेको उनको तस्विर सार्वजनिक भएको थियो जस्मा उनी निकै मोटा र भद्धा देखिएका थिए ।
त्यो तस्बिर हेरेपछि धेरै जनाले कपिल अब शायद टेलिभिजन दुनियाँमा फर्किंदैनन् होला भन्ने अनुमान गरेका थिए तर सबैको अनुमानलाई गलत सावित गर्दै कपिल फेरि टिभीमा फर्कने भएका हुन् ।
आफ्नो जीवनशैलीमा सुधार ल्याई कपिल यही दिपावलीको अवसरमा टिभीमार्फत दर्शकहरु माझ फर्कने तयारी गर्दैछन् ।
कपिलले उनको यसअघिको शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजनका साथ छिट्टैनै दर्शक माझ आउने भएका छन् । उनले यस कुरालार्इ एक मिडियासँगको कुराकानीमा जानकारी गराएको खबर सार्वजनिक भएका छन् ।
अहिले उनी आफ्नो बिग्रिएको शरीरलाई पुनः आकारका ल्याउन जुटेका छन् ।
केही दिनअघि रक्षाबन्धनको अवसरमा लिइएका उनका तस्बिरहरु सार्वजनिक भएका थिए । फोटोमा कपिल निकै खुशी देखिएका छन् भने उनले अाफ्नाे शरीरलार्इ पनि छरिता बनाएका देखिन्छन् । टेलिभिजनमा कपिलकाे याे तेस्राे टिभी इन्ट्रीले कति सफल पाउँला त्याे हर्न बाँकी छ ।
The post टेलिभिजनमा पुनः कपिल शर्मा appeared first on Sajha Post.