Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बाथटबमा नुहाएपछि शाहरुख खानलाई भयो यो फाइदा, तस्वीरसँग गरे खुलासा

$
0
0

एजेन्सी, १४ भाद्र । बितेको वर्षहरुमा धेरैजना बलिउड सेलिब्रटीहरुले लक्स साबुनको विज्ञापन गरिसकेका छन् । प्रत्येक पटक लक्स साबुनको विज्ञापनमा फरक फरक सेलिब्रटीहरु देखा पर्छन् । यसमा रोचक कुरा के छ भने अहिलेसम्म एक्ट्रेसहरुको भिडमा एकजना एक्टरले मात्र यो साबुनलाई प्रोमोट गरेका छन् । ती बलिउड बादशाह शाहरुख खान हुन् ।

हालै शाहरुख खानले सामाजिक सञ्जालमा एउटा तस्वीर शेयर गरेका छन् र उक्त तस्वीरमा राखिएको उनको क्याप्सनले उनको मनको कुरा खोलेको छ ।

ट्वीटरमा शेयर गरिएको उक्त तस्वीरमा उनले क्याप्सन लेखेका छन्,‘यी सुन्दर महिलाहरुसँग रमाइलो साँझ बित्यो । यो लक्स साबुनसँग बाथटबमा बसेको प्रभाव हो धन्यवाद ।’

उक्त तस्वीरमा शाहरुखको साथमा करिश्मा कपुर, करीना कपुर र शर्मिला टैगोर छन् । तीनै अभिनेत्रीले गोल्डन कलरको कपडा पहिरिएका छन् ।

हालसम्म २१ जना बलिउड कलाकारहरु लक्स साबुनको विज्ञापनमा देखा परिसकेका छन् । यी सूचीमा शाहरुख एक्ला पुरुष कलाकार हुन् । पहिलो लक्स साबुनको विज्ञापनमा अभिनेत्री लिला चिटनिज देखा परेकी थिइन् ।

The post बाथटबमा नुहाएपछि शाहरुख खानलाई भयो यो फाइदा, तस्वीरसँग गरे खुलासा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles