टेक्सस, ६ भदौ । ‘मिस नेपाल युएसए २०१८’ छैठौंको ताज नेब्रास्काकी २४ वर्षीया दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतिष्प्रर्धीलाई पछि पर्दै उनले उपाधी जित्न सफल बनेकी हुन् । दिलाशाले उपाधिसहित मिस एकाडेमिक एक्सिलेन्स अवार्ड समेत जितेकी छिन् ।
टेक्सस शहरमा १९ अगस्टमा सुसम्पन्न सो कार्यक्रममा प्रतियोगीताको
फस्टरनरअफ टेक्ससकी २२ वर्षीया पोसा घर्तीमगर भएकी छिन् भने सेकेण्ड रनरअपको उपाधि कोलोराडोकी २१ वर्षिया कृति ढुंगेलले जितेकी छिन् । त्यस्तै घर्तीमगरले मिस पर्सनालिटि, मिसकल्चर र मिस फ्रेन्डली विधामा समेत अवार्ड जित्न सफल भइन् ।
प्रतियोगीतामा टेक्ससकी आयशा ओझा पब्लिक च्वाइसमा पर्न सफल भइन् भने सोर्वे फाउण्डेशनको सद्भावना दुत समेत बन्न सफल भइन् त्यस्तै मिस सोशल एक्सिलेन्सको समेत अवार्ड जितेकी छिन् आयशाले । त्यस्तै अदीति श्रेष्ठले मिस डिसिपिलिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृती भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि जितेका छन् ।
सन् २०११ देखि अमेरिकाको न्युयोर्क शहरबाट सुरु भएको प्रतियोगीता ‘मिस नेपाल युएसए’का संस्थापक परिकल्पनाकार इप्लानेट नेपालका सन्तोस सापकोटा र अमेरिकामा चर्चित युवा नेपाली ईण्टरप्रेनर अमित शाह हुन् । टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको प्रतियोगीतामा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डको समेत सहभागीता रहेको थियो ।
The post ‘मिस नेपाल युएसए २०१८’ को उपाधि दिलाशालाई appeared first on Sajha Post.