एजेन्सी, ४ भाद्र । बउिलउड अभिनेत्री श्रीदेवीको निधन भएको छोटो समयमै उनकी अनस्क्रिन बहिनीको पनि निधन भएको छ । श्रीदेवीसँग फिल्म ‘इंग्लिश विंगलिश’ मा उनको बहिनीको भूमिका निभाएकी सुजाता कुमारको निधन भएको हो ।
सुजाता मेटास्टेटिक क्यानसरसँग जुधिरहेकी थिइन् । सुजताको निधनबारे उनकी दिदी अभिनेत्री सुचित्रा कृष्णमूर्तिले फेसबुक मार्फत सार्वजनिक गरेकी थिइन् । सुजताको १९ अगस्टमा रातको ११ बजे निधन भएको थियो ।
सुचित्राको अनुसार सुजिताको अन्तिम संस्कार विले पार्लेस्थित पवन हंसको आर्यघाटमा २० अगस्टमा हुँदैछ ।
सुजताले फिल्म ‘इंग्लिश विंगलिश’ को रिलिज अघि सेप्टेम्बर २०१२ मा दिएको एक अन्तर्वार्तामा आफू क्यान्सरमुक्त भएको बताएकी थिइन् । तर पुनः उनी यस रोगको चपेटमा आएकी थिइन् ।
The post श्रीदेवीकी बहिनी सुजताको निधन appeared first on Sajha Post.