Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

१८ प्रतिष्पिर्धीका साथ मिस टुरिजम-२०१८ को प्रथम अडिसन सम्पन्न

$
0
0

काठमाडौं, २१ साउन । प्वाईन्ट मिडिया प्रालिद्धारा आयोजित ‘मिस टुरिजम–२०१८’ को प्रथम अडिसन काठमाडौंमा सम्पन्न भएको छ । प्रथम अडिसनमा १८ जना प्रतिस्पर्धीहरुले अडिसन दिएका प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले बताए ।

अडिसनमा निर्णायकको भुमिकामा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, युवा पर्यटन व्यवसायी तथा ‘हिँडे पुगिन्छ’ पुस्तकका लेखक राजन सिम्खडा, युवा पर्यटन व्यवसायी विष्णु पाण्डे, मिस टुरिजमका कोरियोग्राफर रोजिन शाक्य, मिस टुरिजम–२०१६ ओरुषा थापा रहेका थिए ।

प्वाईन्ट मिडिया प्रा.लि.ले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस टुरिजम–२०१८’ को आयोजना गरेको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक काफ्लेले वताए । यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि,पर्यटन क्षेत्रमा नयाँ अवसरहरु सिर्जना गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने काफ्लेले वताए । मिस टुरिजम–२०१८ को ग्राण्ड फाईनल आगामी भाद्र ९ गते काठमाडौंमा हुँदैछ ।

The post १८ प्रतिष्पिर्धीका साथ मिस टुरिजम-२०१८ को प्रथम अडिसन सम्पन्न appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles