Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कविता नेपाली बनिन् नेपालकै डान्सिङ सुपरस्टार

$
0
0

काठमाडौं । सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी छन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल अन्तिम दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्र । उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी हुन् ।

फ्रस्ट रनरअप प्रगती पुन बनिन् भने सेकेन्ड रनरअप सरोज मोक्तान भए । प्रगतिले ६ लाख जितेकी छिन् भने सरोजले चार लाख नगद पाएका छन् ।

बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी थिए । तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए ।

करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए । ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा उत्कृष्ट डान्सर छनोट गरिएको हो ।

कार्यक्रमका डाइरेक्टर एलन श्रेष्ठ, कार्यक्रम प्रमुख सुरेश पौडेल, कोरियोग्राफरहरू, प्रशान्त तामाङ, रोहिया महर्जन रहेका छन् ।

The post कविता नेपाली बनिन् नेपालकै डान्सिङ सुपरस्टार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles