Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

प्रियंका चोपडाको विवाहमाथि शाहरुख खानको यस्तो प्रतिक्रिया

$
0
0

एजेन्सी, १७ साउन । बलिउड अभिनेत्री प्रियंका चोपडा हालका दिनहरुमा आफ्नो विवाहको खबरले चर्चामा छिन् । उनी चाढै नै आफ्नो प्रेमी निक जोनससँग विवाह गर्दैछिन् ।

प्रियंकाको विवाहको खबर बाहिर आएसँगै बलिउड सेलिब्रेटीहरुले यसबारे प्रतिक्रिया दिन सुरु गरेका छन् । हालै शाहरुख खानले पनि प्रियंकाको विवाहलाई लिएर प्रतिक्रिया दिएका छन् ।

जब शाहरुखलाई प्रियंकाको विवाहबारे प्रश्न गरियो तब उनले भने,‘म पनि विवाह गर्दैछु । म तपाईहरुलाई कार्ड पठाउने छु । रिसेप्सनको पनि कार्ड दिनेछु । मेहेन्दीमा तपाईहरु अवश्य आउनु होला ।’ । शाहरुखले ठट्टाको शैलीमा प्रतिक्रिया दिए जसलाई सुनेर मानिसहरु हाँसेका थिए ।

शाहरुखको बयान यसकारण महत्वपूर्ण हो किनभने कुनै समय यी दुई स्टारहरुबीचमा अफेयर थियो । यसकारण शाहरुख र प्रियंका साथै फिल्म गर्दैनन् ।

खबरहरुको अनुसार प्रियंका आगामी १६ सेप्टेम्बरमा निकसँग विवाह बन्धनमा बाँधिदै छिन् ।

The post प्रियंका चोपडाको विवाहमाथि शाहरुख खानको यस्तो प्रतिक्रिया appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles