Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

भगवान् शिव पार्वतीले विवाह गरेको स्थानमा विवाह गर्दै अाकाश श्लोका

$
0
0

एजेन्सी, १६ साउन । भारतका धनी उद्योगपति मुकेश अम्बानीको ठूलो छोरा आकाश र हिरा व्यवसायी रसेल मेहेताकी कान्छी छोरी श्लोकाको विवाह देवभूमि उत्तराखण्डको एउटा मन्दिरमा हुनसक्ने बताइएको छ ।

रुद्रप्रयाग जिल्लास्थित प्रख्यात त्रियुगा नारायण मन्दिरमा आकाश र श्लोकाको विवाह सम्पन्न हुनसक्ने बताइएको छ । यसका लागि अम्बानीको रियलाइन्स कम्पनीका अधिकारीहरुको एक टोलीले मन्दिर र त्यहाँ तयार भैरहेको विवाह गन्तव्यको जानकारी लिएका छन् । सरकारले पनि यस मौकालाई गुमाउन चाहेको छैन, किनभने यो विवाहले त्यस स्थानलाई विवाह गन्तव्यको एउटा शानदार ब्राण्ड बनाउने विश्वास गरिएको छ ।

त्रियुगी नारायण मन्दिरमा भगवान् शिव र पार्वतीको विवाह भएको विश्वास गरिन्छ । आज पनि शिव पार्वतीको विवाहको निशाना त्यहाँ रहेको छ । भनिन्छ मन्दिरमा एउटा आगोको ज्वाला पछिल्लो तीन युगदेखी जलिरहेको जसलाई साक्षी मानेर भगवान् शिव र पार्वतीले विवाह गरेका थिए ।

The post भगवान् शिव पार्वतीले विवाह गरेको स्थानमा विवाह गर्दै अाकाश श्लोका appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles