Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रुसमा प्रशंसक थप्दै इंग्ल्याण्ड, नताल्या पनि थपिइन्

$
0
0

मस्को, (एजेन्सी), ३० असार । पराजयको पीडा व्यहोरिरहेको इंग्ल्याण्ड आज तेस्रो स्थानको लागि भिड्दैछ । उसको प्रदर्शनले फाइनलसम्म पुग्न नसके पनि रुसमा प्रशंसकहरुको भिड भने बढाइरहेको छ ।

पछिल्लो समय इंग्ल्याण्डको प्रशंसकको रुपमा थपिएकी छिन् रुसकी सुपरमोडल नताल्या भोडियानोभा । उनी प्रशंसक मात्र होइन, फ्रान्ससँगको भिडन्तमा इंग्ल्याण्डको जितको कामना पनि गरेकी थिइन् । यद्यपि, आफ्नो इच्छा पूरा नहुँदा उनी निरास बनिन् ।

उनको इंग्ल्याण्डसँग सहानुभूति हुनु पछाडि कारण पनि छ । त्यो हो भोडियानोभाले ब्रिटेनमा रहेका जस्टिन पोर्टम्यानसँगको वैवाहिक सम्बन्ध । उनले सात वर्ष अगाडि नै विवाह गरेकी हुन् । नताल्यासँग रुस र बेलायत दुवै देशको नागरिकता पनि छ ।
उनको खास लगाव ह्यारी केनसँग पनि छ । त्यसो त, आफूले विवाह अगाडिदेखि नै इंग्ल्याण्डलाई माया गर्न थालेको उनको तर्क छ । उनले भनिन्, ‘म त बेलायती संस्कृतिको दिवाना नै हुँ ।’

 

The post रुसमा प्रशंसक थप्दै इंग्ल्याण्ड, नताल्या पनि थपिइन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles