Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अभिनेत्रीबीचको झगडा मिलाउन माहिर सलमान

$
0
0

एजेन्सी, १७ असार । बलिउड सुपरस्टार सलमान खान आजकाल ‘दबंग टूर’ लिएर अमेरिका गएका छन् । सलमानसँगै कट्रिना कैफ, ज्याकलिन फर्नान्डिज, डेजी शाह र सोनाक्षी सिन्हा पनि अमेरिका गएका छन् ।

सलमानसँग कट्रिना भएपछि अन्य अभिनेत्रीलाई भाउ दिँदैनन् । खबरका अनुसार सलमानले कट्रिनालाई मात्र वास्ता गरेपछि ज्याकलिन, सोनाक्षी र डेजी चिन्तित बनेका छन् । ज्याकलिन र कट्रिनाबीच खटपट यति आयो कि उनीहरु एउटै होटलमा बस्न समेत मानेनन् ।

Dallas ……. finally . 💃💃💃 @jacquelinef143 @aslisona

A post shared by Katrina Kaif (@katrinakaif) on

तर, अचम्मको कुरा के छ भने केही दिनको शितयुद्धपछि सोनाक्षी, कट्रिना र ज्याकलिन एकसाथ देखिएका छन् । उनीहरुले सँगै पोज दिएर समेत खिचेका छन् ।

ज्याकलिन र सोनाक्षी भएको फोटो कट्रिनाले सामाजिक सञ्जालमा सेयर गरिन् । ज्याकलिनले पनि सोनाक्षी र कट्रिनासँगै भएको ‘दबंग टूर’का क्रममा खिचिएका तस्बिरहरु इंस्टाग्राममा पोस्ट गरिन् ।

Three masketeers 🌟🌟…. just a little subtle styling

A post shared by Katrina Kaif (@katrinakaif) on

एकदुई दिन अघिसम्म कट्रिनालाई ज्याकलिन र सोनाक्षीले वास्ता गर्दैन थिए । उनीहरु बीच राम्रो सम्बन्ध थिए । तर, एकाएक गहिरो दोस्ती कसरी सम्भव भयो ? यसमा सलमानको हात छ । सलमान अभिनेत्रीहरुबीच प्याचअप गराउन माहिर छन् । ‘रेस ३’ शूटिङको क्रममा ज्याकलिन र डेजी आपसमा भिडेका थिए । उनीहरु झगडा पनि सलमानले नै मिलाइदिएका थिए ।

सलमानले आफ्नो भूपू गर्लफ्रेन्ड संगीता बिजलानीसँग ईयूलिया वेन्टुरसँग प्याचअप गराएका थिए । यसअघि ‘हेट स्टोरी ३’को शूटिङको क्रममा डेजी शाह र जरीन खानबीच द्वन्द्व चर्किएको थियो । त्यसलाई पनि सलमानले साम्य पारिदिए ।

हालै सलमानले कट्रिनासँग ज्याकलिन र सोनाक्षीबीचको झगडा मिलाइदिएर अहम भूमिका निभाउन सफल भए ।

The post अभिनेत्रीबीचको झगडा मिलाउन माहिर सलमान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles