Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आराध्या बच्चन र नरेन्द्र मोदीमाथि ज्योतिषीको यस्तो भविष्यवाणी

$
0
0

एजेन्सी, १७ असार । बलिउडका महानायक अमिताभ बच्चनको पुरा परिवार नै फिल्म उद्योगसँग जोडिएको सर्वविदितै छन् । यस्तो पृष्ठभूमिमा उनकी सानी नातिनी आराध्या बच्चन पनि भविष्यमा फिल्म उद्योगमा प्रवेश गर्ने धेरैले अड्कल काटेका छन् ।

तर यस्तो अड्कललाई आराध्याको करियरमाथि भएको एउटा भविष्यवाणीले उल्टाइदिएको छ । ज्योतिषी डी ज्ञानेश्वरले अमिताभकी नातिनी आराध्या बलिउडको सट्टा राजनीतिमा जाने भविष्यवाणी गरेका छन् ।

टीओआईको खबर अनुसार डी ज्ञानेश्वरले यस अघि अभिनेताद्वय रजनीकान्त र कमल हसल राजनीतिमा प्रवेश गर्ने भविष्यवाणी गरेका थिए जुन अहिले साँचो हुन आएको छ ।

ज्योतिषी ज्ञानेश्वरले यदि आराध्याले आफ्नो नाम बदलेर रोहिणी राखेमा देशको प्रधानमन्त्री बन्न सक्ने भविष्यवाणी गरेका हुन् । उनले आराध्याको राजनीतिक भविष्य एकदमै उज्जवल भएको बताए ।

साथै डी ज्ञानेश्वरले मिडियासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भविष्यवाणी गर्दै उनी दोस्रोपटक पनि प्रधानमन्त्री बन्ने बताए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः एकपटक त्यस पदका लागि चयन हुने बताए ।

डी ज्ञानेश्वरले २०२४ मा भारत र पाकिस्तानबीच युद्धको पनि भविष्यवाणी गरेका छन् ।

The post आराध्या बच्चन र नरेन्द्र मोदीमाथि ज्योतिषीको यस्तो भविष्यवाणी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles