एजेन्सी, १२ असार । बलिउड अभिनेता अर्जुन कपुर ३३ वर्षका भए । उनले आफ्नो ३३ औं जन्मदिन परिवारसँग मनाए । पिता बोनी कपूरसँगै उनका तीन बहिनी अंशुला कपूर, जान्ह्वी कपूर र खुशी कपूरसँग उनले जन्मदिन मनाएका हुन् ।
उनले परिवारको उपस्थितिमा केक काटे । जान्ह्वीले अर्जुनले केक काटेको भिडियो आफ्नो इंस्टा स्टोरीमा शेयर गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा पनि अर्जुनलाई जन्मदिनको शुभकामना दिएकी थिइन् ।
The post ३३ वर्षका भए अर्जुन कपूर appeared first on Sajha Post.