नयाँ दिल्ली । चर्चित चलचित्र निर्देशक एस एस राजमौलीको फिल्म ‘बाहुबली: द कन्क्लूजन’ को फस्ट लुक शनिबार सार्वजनिक भएको थियो । यो फिल्म गत बर्ष रिलिज भएको ‘बाहुबली: द बिगनिङ’ को सिक्वेल हो ।
पहिलो फिल्मले देश-विदेशमा सर्वाधिक सफल भएको थियो र केही किर्तीमान समेत राखेको थियो । १२० करोड भारुको लगानीमा बनेको फिल्मले लगभग ६०० करोड ब्यापार गरेको थियो । फिल्मको सफलताका राज निर्देशन, अभिनय, कहानीकाे साथै यसको भिजुअल इफेक्ट (VFX) लाई मानिएको थियो ।
राष्ट्रिय अवार्ड विजेता वी. श्रीनिवास मोहन ‘ बाहुबली: द बिगनिङ’ को भिजुअल इफेक्ट सुपरभाइजर बनेका थिए । लगभग २५०० VFX को सहायताले फिल्म विश्व बजारमा सफल भएको थियो । शिवा (प्रभास) पहाड चढ्न, हावामा उड्दाउड्दै धनुष चलाउन साथै अरु अनेक हेर्दा असम्भव लाग्ने गतिविधिहरु VFX को मदतले सम्भव हुन सकेको हो ।
The post ‘बाहुबली’को केही दृश्य जुन हेर्दा असम्भव लाग्ने, जसको शुटिङ यसरी गरिएको थियो (फोटोफिचर) appeared first on Sajha Post.