Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बाह्र करोडको लगानीमा घोराहीमा फनपार्क बन्दै

$
0
0

दाङ, १० असार । क्रिडा तथा मनोरञ्जनका लागि निजीक्षेत्रबाट करीब १२ करोडको लगानीमा पश्चिम नेपालमै पहिलो पटक घोराही उपमहानगरपालिका वडा न. १० दक्षिण अम्राईमा मनोरञ्जन उद्यानको निर्माण गरिंदैछ ।

घोराही उपममहानगरपालिका अन्तर्गत तुलसीपुर घोराही सडकखण्डको मध्यभाग साविक त्रिपुर नगरपालिका वडा नं ३ दक्षिण अम्राईमा उक्त उद्यान निर्माणाधिन रहेको फनपार्कका सेयर सदस्य पोषण बिक्रम रावतले जानकारी दिए ।

‘ बढ्दो जनघनत्व तथा मनोरञ्जन स्थलको अभावको परिपुरणका लागि फनपार्क खोल्न लगेका हौं,’ रावतले भने । फन पार्क मनोरञ्जनका लागि मात्र नभएर शैक्षिक उद्धेश्यका लागि सहायक सिद्ध हुने रावतले आशा व्यक्त गरेका छन् । बाल मनोरञ्जनका सम्पुर्ण साजोसामानहरु पार्कमा उपलब्ध हुनेछन् ।

स्थानीय परीकारहरु, स्थानीय उत्पादन, आन्तरीक पर्यटनको प्रबद्र्धन तथा घोराही क्षेत्रको पहिचानका लागि फनपार्क संचालनमा ल्याउन लागिएको रावतको भनाई छ ।

फन पार्कमा एकिकृत रुपमा पार्टि प्यालेस तथा सभाहल, वाटर पर्क, गेम जोन, लजिङ्ग तथा फुडिङ्ग, होटेल तथा रेष्टोरेण्ट संचालनमा ल्याउन तयारी गरीएको सेयर सदस्य अभियान बस्नेतले जानकारी दिए ।

फन पार्कमा अभियान बस्नेत, पोषण बिक्रम रावत, सुसिल गिरी, नरेश श्रेष्ठ, नवराज श्रेष्ठ, रुपक थापा, मीनराज घिमिरे, धन बहादुर के.सी, सुनिल गीरी र अनिल बस्नेतको लगानी रेहेको छ ।

The post बाह्र करोडको लगानीमा घोराहीमा फनपार्क बन्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles