Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अक्षयले करीनासँग रोमान्स गर्ने !

$
0
0

एजेन्सी, २० जेठ । बलिउड अभिनेत्री करीना कपूर फिल्म ‘वीरे दी वेडिङ’मा देखिएकी छन् । यस फिल्मले बलिउडमा सुखद व्यापार गरेको छ । यसै फिल्मबाट बलिउडमा कमब्याक गरेकी हुन् । यस फिल्मपछि चाँडै नै उनी नयाँ प्रोजेक्टमा देखिने तय भएको छ ।

करण जोहरले बनाउन लागेको फिल्ममा करीना कपूरले खिलाडी अक्षय कुमारसँग रोमान्स गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिल्म समीक्षक रमेश बालाले यसको पुष्टि गरेका हुन् । उनले ट्वीट गर्दै फिल्ममा अक्षय-करीना पति-पत्नीको भूमिकामा देखिने बताएका हुन् ।

फिल्मको नाम भने तय भइसकेको छैन । यस फेमिली ड्रामालाई राज मेहताले निर्देशन गर्नेछन् ।

The post अक्षयले करीनासँग रोमान्स गर्ने ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles