Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जुवामा करोडौ हार्दा अरबाज र मलाइकाको डिभोर्स

$
0
0

मुम्बइ, १ढ जेठ । बलिउड सुपरस्टार सलमान खानका भाई अभिनेता अरवाज खान र मलाइका अरोराको एक वर्षअघि सम्बन्ध विच्छेद भयो । अभिनेता अरवाज अनि आइटम डान्सर मलाइकाको सम्बन्ध यसरी किन पुर्णविराम लाग्यो भन्ने धेरैको चासो पनि रह्यो । तर उनीहरुले यस कुरालाई बाहिर ल्याएका थिएनन् ।

झण्डै एक वर्षपछि अरबाजले मलाइकासँगको सम्बन्धविच्छेदको रहस्य खोलेका छन् । अहिले आएर अरबाजमा जुवा (सट्टेबाजी)को लत रहेछन् । आइपिएलमा सट्टेबाजीको आरोपमा पक्राउ परेका अरबाजले प्रहरीलाई दिएको बयानमा आफूले सट्टेबाजीमा करोडौं हारेको स्वीकारेका छन् । उनले आफूलाई सट्टबाजीको लत नै लागेको र आफू विगत ६ वर्षदेखि सट्टेबाजीमा पैसा लगाउँदै आएको बताएका छन् । उनले यसबारे आफ्नो परिवारमा सबैलाई थाहा भएको समेत बताएका छन् । यही लतका कारण मलाइकाले उनलाई छोडेर गएको समेत अरबाजले स्वीकार गरेका छन् ।

The post जुवामा करोडौ हार्दा अरबाज र मलाइकाको डिभोर्स appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles