Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कपिल शर्मा सलमानको ‘बिग बोस-१२’मा देखिने !

$
0
0

एजेन्सी, १३ जेठ । पछिल्लो केही समयदेखि भारतीय कमेडियन कपिल शर्मा तनावमा छन् । कमेडीका हस्ती शर्माले ‘फेमिली टाइम विथ कपिल शर्मा’ नामको नयाँ शो बाट पुनरागमन गरेपनि दुई हप्तामै बन्द हुन पुग्यो । कपिल शर्मा केही दिनदेखि अंडरग्राउंड छन् ।

बताइएअनुसार यतिबेला कपिल शर्मा डिप्रेसनको सिकार भएका छन् । यतिसम्म कि उनी कहिलेकाहीँ त कोठाबाट पनि बाहिर निस्कँदैनन् । खबरका अनुसार कपिलको यो अवस्थाबाट बाहिर निकाल्न बलिउडस्टार सलमानले अहम भूमिका निभाउन सक्नेछन् ।

सलमान खानले यसपटक पनि ‘बिग बोस’ होस्ट गर्नेछन् । एक वेवसाइटका अनुसार सलमानको ‘बिग बोस १२’मा कपिल शर्मा पनि प्रतियोगीको रुपमा सहभागी हुनेछन् । यसअघि जतिपटक कपिल शर्मा बिग बोसमा आएका छन्, ती सबै पाहुनाको रुपमा । यसअघि उनी फिल्म ‘फिरंगी’को प्रोमोशन गर्न बिग बोसको स्टेज पुगेका थिए ।

तर, यसपटक कपिल प्रतियोगीको रुपमा बिग बोस आए यसले टीआरपीको सबै रेकर्ड तोड्न सक्नेछ ।

The post कपिल शर्मा सलमानको ‘बिग बोस-१२’ मा देखिने ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles