Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

प्रिया प्रकाशपछि यसरी भाइरल भईन् लिसा मिश्र

$
0
0

एजेन्सी, ७ जेठ । एउटा सानो प्रतिभाको झिल्काबाट विश्वमा ताप तरंग पैदा गराउन अहिले सामाजिक सञ्जालले जोकोहीलाई सुविधा दिएको छ । यही प्लेटफर्मबाट कुनै समय नेपालकी ‘तरकारीवाली’, पाकिस्तानी ‘चायेवाला’, भारतीय नवोदित कलाकार प्रिया प्रकाश चर्चाको शिखरमा चुलिएर स्टार्डमको स्वाद चाखे ।

प्रिया प्रकाशको आखाँको जादु थामिन नपाई पुनः अर्को एक भिडियोले सामाजिक सञ्जालमा आफ्नै जादु चलाउन शुरु गरेको छ । चर्चाको शिखरमा भर्खरै पाइला राखेकी यी नवोदित हस्ती हुन् लिसा मिश्र ।

युट्युबमा आफ्नो मेशअफ गीतहरु अपलोड गर्ने लिसा एकाएक चर्चा आएकी भने होइनन् । उनलाई यो चर्चाको भवचक्रमा लन्च गर्ने भर्खरै विवाह बन्धनमा बाँधेएकी ‘विरे दि वेडिङ’की अभिनेत्री सोनम कपुर हुन् ।

विरे दि वेडिङको ‘तारिफा’ बोलको गीतको नयाँ मेशअफ भर्जन गाएपछि सोनम कपुर आफैले लिसाको युट्युब लिङ्कलाई आफ्नो इंस्टाग्राम पेजमा शेयर गरेकी थिइन् । सोनमले लिसाको भिडियो शेयर गरेपछि उनको बुवा अनिल कपुरले ती सिंगर को हुन् ? भनेर कमेन्ट बक्समा प्रश्न गरेका थिए ।

लिसाले यस अघि पनि धेरैवटा गीतहरुको ओरिजिनल भर्जनको मेशअफ भर्जन निकालिसकेकी छिन् । उनले तरिफा गीतको पन्जाबी टोनलाई हटाएर पश्चिमा टोन प्रयोग गरेकी छिन् ।

The post प्रिया प्रकाशपछि यसरी भाइरल भईन् लिसा मिश्र appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles