एजेन्सी, ६ जेठ । ‘क्वांटिको’ गर्ल प्रियंका चोपडा पनि शनिवार आयोजना भएको वेलायतको शाही विवाहमा उपस्थित थिइन् । प्रियंका मेघनकी निकट मित्र हुन् । उक्त शाही विवाहमा सहभागिता जनाउने प्रियंका एक्लो बलिउड हस्ती थिइन् ।
त्यस ऐतिहासिक क्षणको हिस्सा बनिसकेपछि प्रियंकाले सामाजिक सञ्जालमा एउटा इमोशनल पोस्ट राखेकी छिन् ।
प्रिन्स ह्यारी र मेघनको स्मरणीय पलमा सहभागिता जनाएपछि प्रियंकाले इंस्टाग्राममार्फत आफ्नो दिलको कुरा शेयर गरेकी छिन् । प्रियंकाले इंस्टाग्राममा लेखेकी छिन्,‘हरेकको जीवनमा एउटा यस्तो क्षण आउँछ जब समय स्थिर बन्छ । आज यस्तो भयो तिमी मेरो साथी आकर्षण, प्रेम र सुन्दरताको प्रतिक बन्यौं । यो विवाहको लागि तिमीहरु दुईले गरेको निर्णय इतिहास बन्ने छ । यसकारण होइन कि तिमीहरु दुई जनाको विवाह थियो, यो यसकारण हो कि अतुल्य विवाह परिवर्तन र आशाको प्रतिक हो ।’
उक्त विवाहमा छ सय पाहुनाहरु उपस्थित थिए । रिसेप्शन र विवाहमा लगभग २६४० पाहुनाहरु उपस्थित थिए । विवाह विंडसर क्यासलमा भएको थियो ।
The post ह्यारी र मेघनको विवाहमा हिस्सा बनेकी प्रियंकाले यसरी पोखिन् इंस्टाग्राममा इमोसन appeared first on Sajha Post.