Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

साडे दुई करोड नक्कली नोटः निर्मातासहित ६ जनालाई थुनामा राख्न आदेश

$
0
0


काठमाडौं, २ जेठ । फिल्मको सुटिङका लागि नक्कली नोट छपाई गरी दुरुपयोग भएको अभियोगमा पक्राउ परेका फिल्म निर्मातासहित ६ जनालाई पाँच दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । पछिल्लो तीन दिनयता पक्राउ परेका फिल्म निर्माता माधव वाग्लेसहित प्रकाश सुवेदी, सुजित तामाङ, साजन तामाङ, महेन्द्र बोगटी र विकेश नापितलाई थप पाँच दिन थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

हाल छायांकनका क्रममा रहेको चलचित्र ‘चंगा चेट’ फिल्मको सुटिङका लागि उनीहरुले साढे दुई करोड रुपैयाँ भन्दा धेरै नक्कली नोट छापेका थिए । नोट छपाइमै संलग्नहरुले नोट दुरुपयोग गरेपछि निर्माता वाग्ले फसकेका हुन् । वाग्ले चर्चित चलचित्र लुट, लुट–२, छड्के, रेशम फिलिली लगायत चलचित्रका निर्माता तथा वितरक हुन् ।

वाग्लेको घरबाट २ करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली भारु बरामद भएको थियो । नक्कली नोटमा संलग्नहरुलाई प्रहरीले बुधबार सार्वजनिक गरेको थियो ।

The post साडे दुई करोड नक्कली नोटः निर्मातासहित ६ जनालाई थुनामा राख्न आदेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles