काठमाडौं, २ जेठ । अहिले नक्कली नोटको विगविगी चौतर्फी बढीरहेको छ । अहिलेसम्म सानाे तिनाे परिमाणकाे रकम मात्रै फेला पर्ने गरेकाे भएपनि बुधबार भए एक्कासी ठूलाे परिमाणकाे रकम फेला पर्याे । जुन रकम एक फिल्म निर्माताले छपाएका रहेछन् ।
नक्कली नोटसहित फिल्म निर्माता माधव वाग्लेलाई प्रहरीले पक्राउ गर्याे । बुधबार महानगरीय प्रहरी परिसर बसपार्कले पत्रकार सम्मेलन गरी नक्कली नोटसहित वाग्ले र अन्य ५ जनालाई सार्वजनिक गरेको गर्याे ।
निर्माता वाग्लेले चलचित्रको सुटिङका लागि आश्वयक नक्कली रकम छापेको जनाएको भएतापनि उक्त नक्कली रकम बजारमा पुगेपछि वाग्ने पक्राउ परेको महानगरीय प्रहरी प्रभाग बालाजुले जनाएको छ । वाग्लेको कोठाबाट २ करोड ५२ लाख नक्कली नोट भेटिएको थियो ।
वाग्लेले हाल चलचित्र ‘चङ्गाचेट’को निर्माण गरिरहेका छन् । सोही चलचित्रका निर्देशक दीपेन्द्र के खनालका अनुसार चलचित्रका लागि आवश्यक पर्ने नक्कली रकम छपाई गरेको र छपाईकमा संलग्न एक जना व्यक्तिले नै यस्तो बदमासी गरी बजारमा नक्कली नोट पु¥याएको हुनाले फिल्म निर्माता फस्न पुगेको बताए ।
चलचित्रमा त्यत्रो ठूलो परिमाणको रकम चोरी हुने दृश्य भएकाले साढे दुई करोड नक्कली नोट छपाइका लागि ‘हाम्रो आर्ट’लाई दिएको र त्यहाँबाट नक्कली नोट छपाइका लागि धेरैले जिम्मा लिएको हुनाले नक्कली नोट दुरुपयोग भएको निर्देशक खनालको भनाई छ । नक्कली नोट लगेर रेष्टुरेन्टमा विल तिर्न गएकाले एक जनालाई प्रहरीले तीन दिनअघि नै पक्राउ गरिरकेको र अर्कालाई आज प्रहरीले बोलाएको उनले बताए ।
The post अढाइ कराेड नक्कली नोट फिल्म निर्माताकाे appeared first on Sajha Post.