Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

प्रियंकालाई ठूलो झट्का !

$
0
0

एजेन्सी, ३१ वैशाख । बलिउड अभिनेत्री प्रियंका चोपडालाई ठूलो झट्का लागेको छ । प्रियंका अभिनित शो ‘क्वान्टिको’ सिरिज बन्द भएको छ । टीआरपीको मामिलामा पछाडी रहेका कारण शो बन्द भएको बताइएको छ ।

खबरका अनुसार एबीसीले तीन शो पछि ‘क्वान्टिको’को शो रद्द गरिदिएको हो । प्रियंका अघिल्लो दुई सिजनदेखि लिड रोलमा देखिएकी थिइन् । तेस्रो सिजनमा पनि उनी एफबीआई एजेन्टको भूमिकामा थिइन् । अघिल्लो महिना यस शोको टेलिकास्ट भएको थियो । १३ औं एपिसोडपछि शो बन्द हुनेछ । यो एपिसोड ३ जुलाईमा प्रसारित हुनेछ । शो को लोकप्रियतामा भारी गिरावट आएपछि शो बन्द गर्ने निधो गरिएको हो ।

प्रियंका चोपडाले सन् १०१७ मा फिल्म ‘बेवाच’बाट हलिउडमा डेब्यू गरेकी थिइन् । यस फिल्ममा प्रियंकाको नकारात्मक भूमिका थियो । अब प्रियंका चाँडै नै भारत फर्किँदैछिन् ।

The post प्रियंकालाई ठूलो झट्का ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles