Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

गीतकार योगेन्द्रमणी दाहाल ठगी आरोपमा पक्राउ

$
0
0

काठमाडौं, ३ कात्तिक । गीतकार संघका अध्यक्ष योगेन्द्रमणी दाहाल ठगी आरोपमा पक्राउ परेका छन् । दाहाल कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैँया ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

yogendra-mani-dahal

उनलाई अाफ्नै निवास बालुवाटारबाट अनुसन्धानका लागि पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले बताएका छन् । दशैँ अघि कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको डिएसपी कार्कीले जानकारी दिएका छन् ।

गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा फाँट सम्हाल्दै आएका थिए । कम्पनीले उनीमाथि छानबीन अघि बढाउँदा रकम हिनामिना भएको देखिएपछि दशैँ अघि प्रहरीमा उजुरी गरेको थियो । कम्पनी घाटामा देखिएपछि दुई वर्ष अघि नयाँ लेखा प्रणालीमा जान खोज्दा दाहालले निकै बिरोध गरेको कम्पनीको दावी छ ।

गीतकार दाहाल दुई पटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनले अक्षर, प्लेयर, सो फार, यात्रा, स्मृति, यात्रा २, माया नै मायालगायतका गीति एल्वम बजारमा ल्याइसकेका छन् ।

The post गीतकार योगेन्द्रमणी दाहाल ठगी आरोपमा पक्राउ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles