Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

विलियम र केटद्वारा नयाँ राजकुमारको तस्विर सार्वजनिक

$
0
0

एजेन्सी, २३ वैशाख । वेलायतका नयाँ राजकुमारका दुई तस्विरहरु सार्वजनिक भएका छन् । २३ अप्रिलमा जन्मिएका राजकुमार लुइसको पहिलो तस्विर तीन दिन हुँदा र दोस्रो तस्विर उनकी तीन वर्षकी दिदी राजकुमारी चारलोट्टीले मोइ खाइरहेको तस्विरहरु सार्वजनिक भएका छन् ।

ती दुबै तस्विर नयाँ राजकुमार लुइसका बुवा राजकुरमा विलियम र आमा डचेस अफ क्याम्ब्रिज केटले सार्वजनिक गरेका हुन् । ती तस्विर केटले आफ्नो निवास केन्सिङटन प्यालेसमा लिएकी हुन् । तर लुइसका चार वर्षिया दाजु राजकुमार जर्ज भने उक्त तस्विरमा देखिएका छैनन् ।

उक्त तस्विरलाई सेयर गर्न पाउँदा राजकुमार विलियम र डचेस केट एकदमै खुशी भएको शाही घरानाद्वारा जारी विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा लुइसको जन्ममा शुभ सन्देश पठाउने जनताहरुप्रति विलियम र केट कृतज्ञ रहेको पनि बताइएको छ ।

The post विलियम र केटद्वारा नयाँ राजकुमारको तस्विर सार्वजनिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles