एजेन्सी, १९ वैशाख । बलिउड अभिनेत्री माधुरी दीक्षित यतिबेला फिल्म ‘कलंक’मा काम गरिरहेकी छन् । ‘कलंक’मा माधुरी दीक्षित एक डान्स टिचरको भूमिकामा छिन् । यो एक पीरियड फिल्म हो । फिल्ममा माधुरी दीक्षित आलिया भट्ट र कियारा आडवाणीलाई डान्स सिकाउनेछिन् । माधुरीले काम गर्ने प्राय: फिल्ममा उनको एक आइटम डान्स हुने गरेको छ ।
यसै फिल्मका लागि पनि माधुरी एक सानदार डान्सको तयारीमा जुटेकी छन् । डान्सका लागि उनी आजकाल घन्टौंसम्म अभ्यास गरिरहन्छिन् । करिब २१ वर्षपछि माधुरी संजय दत्तसँग काम गरिरहेकी कारण उनको बलिउडमा राम्रै चर्चा चलेको छ ।
यस फिल्ममा माधुरी दीक्षित र संजय दत्तका अलवा सोनाक्षी सिन्हा, वरुण धवन, आलिया भट्ट र आदित्य राय कपूर मुख्य भूमिकामा देखिनेछन् । ‘कलंक’ १९ अप्रिल २०१९ मा रिलिज हुनेछ ।
The post आइटम डान्सका कारण चर्चामा माधुरी appeared first on Sajha Post.