काठमाडौं, १९ वैशाख । नेपाली कथानक चलचित्र ‘बेबी आई लभ यु’को नयाँ गीत सार्वजनिक भएको छ ।
मंगलबार युट्युबमार्फत ‘तेरो मेरो’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सोही फिल्मका अभिनेता सन्तोष खड्गीको स्वर र संगीत रहेको छ ।
जनक पाण्डेको निर्देशनमा बनेको फिल्ममा सन्तोष खड्गी, पुजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, रेशम बुढाथोकी, बिमला गिरी, एपसोन पन्थी, किरण के शर्मा लगायतको अभिनय देख्न सकिन्छ ।
फिल्मलाई लिची इन्टरटेन्मेन्टको ब्यानरमा शिव न्यौपानेले निर्माण गरेका हुन् । फिल्म जेठ १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
भिडियो हेर्नुहोस् :
The post ‘बेबी आई लभ यु’को नयाँ गीत ‘तेरो मेरो’ सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.