एजेन्सी, १८ वैशाख । सलमान खान चाँडै नै आफ्नो पुरानो शो ‘दस का दम’लाई नयाँ रुपमा लिएर आउने भएका छन् । ‘दस का दम’मा सलमानले अभिनेत्री कट्रिना कैफलाई बोलाउने योजना बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
खबरका अनुसार सलमान कट्रिनालाई यति भाग्यशाली मान्छन् कि उनले आफ्नो नयाँ शो मा उनलाई बोलाउने तरखरमा छन् । अघिल्लो पटक पनि कट्रिना सलमानको उक्त शो ‘दस का दम’मा देखिएर चर्चामा रहेकी थिइन् ।
यसपटक पनि ‘बिग बोस १२’मा कट्रिना सलमानसँग होस्ट गर्नेछिन् । यसबाहेक कट्रिना सलमानसँग ‘दबङ टूर’मा सहभागी भइसकेकी छन् । पुणेपछि कट्रिना अब सलमानसँग अमेरिका र क्यानडामा ‘दबङ कन्सर्ट’मा जाँदैछिन् । यसको अर्थ यो हो कि सलमान कट्रिनालाई छोड्न चाहँदैनन् ।
The post कट्रिनालाई किन छोड्दैनन् सलमान ? appeared first on Sajha Post.