काठमाडौं, १४ वैशाख । राजधानीमा नम्बर वान ‘क्लब’को ट्याग पाएको ‘डेजा भू’ले बेला बेलामा कन्सर्ट पनि गर्दै आएको छ । यो क्लबमा वलिउडदेखि हलिउडसम्मका चर्चित डिजे तथा गायक, गायिकाहरुले प्रस्तुती दिइसकेका छन् ।
लाइभ म्यूजिक र कन्सर्टमा झुम्नेहरुको लागी यतिबेला ‘डेजा भू’ पहिलो रोजाइ बनिसकेको छ । यसैलाई निरन्तरता दिदै क्लब ‘डेजा भू’ ले यहि शुक्रबार युक्रेनी डिजे लिज ब्रोउनको प्रस्तुति प्रस्तुत गर्ने भएको छ । पछिल्लो पुस्ताका म्यूजिक लभरहरुलाई ध्यानमा राख्दै लिजलाई काठमाडौं ल्याउन लागेको क्लब सञ्चालक मध्येका एक विश्व श्रेष्ठले बताए । ‘संगीत पारखीलाई ध्यानमा राख्दै डिजे ल्याउन लागेका हौ’ सञ्चालक श्रेष्ठ भन्छन ‘हाम्रो अनुमानमा २ हजारको हाराहारीमा दर्शक उपस्थित हुनुहुनेछ ।’
लिज पछिल्लो समय भारतको महाराष्ट्र बेष्ट डिजेमा पर्छिन् । युवा पुस्तामाझ निकै लोकप्रिय डिजेको उपमा पाएकी उनका नेपालमा पनि ठुलो फ्यान फलोइङ रहेको आयोजकको दाबी छ । लेडिज डिजेतर्फ साउथ एशियामा आफ्नो भिन्नै परिचय स्थापित गरिसकेकी उनको प्रस्तुतीमा नेपालीहरुलाई झुमाउने आशा पनि आयोजकले बोकेको छ ।
यस्तै आउँदो बुधबार पनि चर्चित भारतिय डिजे ‘एञ्जल’को प्रस्तुती ‘क्लब डेजा भू’मा हुने कन्फर्म भएको छ । भारतको नम्बर वान डिजेको ट्याग पाएकी एञ्जलले चर्चित बलिउड फिल्म ‘किक’, ‘जय हो’, ‘आशिकी २’ ‘बुलेट राज’, ‘बोस’ लगायतमा समेत संगीत रिमिक्स गरिसकेकी छिन् । एकपछि अर्का चर्चित विदेशी कलाकारहरुलाई काठमाडौं उतार्दै आएको ‘डेजा भू’ प्रायः कार्यक्रममा सफल पनि बन्दै आइरहेको छ ।
The post युक्रेनी डिजे लिज ब्रोउनको प्रस्तुति ‘डेजा भू’ मा appeared first on Sajha Post.