एजेन्सी, १६ चैत । मुम्बईमै जन्मेहुर्केकी भए पनि विद्या बालन फिल्मी दुनियाँबाट पर थिइन् ।
सोह्र वर्षको उमेरमा उनले पहिलो पटक एकता कपुरको सिटकम ‘हम पाँच’ मा काम गरेकी थिइन् ।
त्यसपछि विभिन्न विज्ञापन र म्युजिक भिडियोमा अभिनय गर्दै उनले ‘परिणीता’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।
पहिलो फिल्मबाटै राष्ट्रिय पुरस्कार पाएपछि उनको बाटो फराकिलो बनेको थियो ।
अहिलेका चर्चित अभिनेता रणवीर सिंहले बलिउड छिर्न खुबै कसरत गर्नुपर्यो ।
उनले थुप्रै फिल्मका लागि अडिसन दिए ।
तर, कतै छानिएनन् । सानातिना भूमिकाका लागि प्रस्ताव आउँथे ।
उनी दिक्क हुन्थे । ‘धेरै फ्रस्टेसन हुन्थ्यो,’ रणवीर भन्छन्, ‘म गलत क्षेत्रमा त आउँदै छैन भन्ने लाग्थ्यो । तर, बिस्तारै काम बन्दै गयो ।’
The post यसरी संघर्ष गर्दै बलिउडमा टिकेका दुई सेलिब्रिटीहरु appeared first on Sajha Post.