Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘शत्रुगते’को अहिलेसम्मको कमाई साढे ५ करोड

$
0
0

काठमाडौं, १५ चैत । गत शुक्रबारटबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ले अहिलेसम्मको कलेक्सन सार्वजनिक गरेको छ ।

बिहीबार पत्रकार भेटघाटको आयोजना गर्दै निर्माण युनिटले फिल्म प्रदर्शनदेखि हालसम्म ६ दिनको कुल कमाई सार्वजनिक गरेको हो । राजधानीको लागि वितरक बिके फिल्म्सको तर्फबाट गोपाल काजी कायस्थ र मोफसलको लागि वितरक एफडी कम्पनिका बिक्रम पराजुलीले संयुक्त रुपमा सार्वजनिक गरेको हिसाबअनुसार फिल्मले देशभरमा कुल ५ करोड ६२ लाखको कमाइ गरेको छ । जसमा काठमाडौं उपत्यकामा ३ करोड २५ लाख र राजधानी बाहिर २ करोड ३५ लाख व्यापार गरेको हो ।

चलचित्रले राम्रो सफलता पाइरहेकोमा निर्माण टिमले खुशी व्यक्त गर्दै केक समेत काटेर खुशी बाँडेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा निर्माता किरण केसी, कलाकार हरिवंश आचार्य, निर्देशक प्रदिप भट्टराई, अभिनेत्री आँचल शर्मा लगायतको उपस्थिति थियो ।

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको यस फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीपले निर्देशन गरेको हुन् । किरण केसी प्रस्तुतकर्ता रहेका छन् भने हरिवंश आचार्य कथा रहेको छ ।

The post ‘शत्रुगते’को अहिलेसम्मको कमाई साढे ५ करोड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles