काठमाडौं, २९ असोज । नेपाली फिल्म ‘छक्का पञ्जा’ शनिबारदेखि प्रदर्शनको ३७ औं दिनमा प्रवेश गरेको छ । ‘छक्का पञ्जा’ ले यति लामो समयसम्म पनि हलहरु पाइरहेको छ । नेपाली दर्शकहरुले साथ दिइरहेका छन् । प्रदर्शनको पाँचौ हप्ता पार गर्दा १२ करोड भन्दा बढी व्यापार गरेको छ ।
नेपाली फिल्मको इतिहासमा यो फिल्मले कमाएको रकमको अाँकडा कुनै फिल्मले पनि गर्न सकेका थिएनन् । त्यसैले सर्वाधिक कमाउने फिल्मको किर्तीमान ‘छक्का पञ्जा’ ले राखेको छ । यसअघि उक्त किर्तीमान ‘कोहिनुर’ काे नाममा थियो । जसले १० करोडको हाराहारीमा व्यापार गरेको थियो । ‘कोहिनुर’ फिल्मका निर्माता तथा नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि उनको फिल्म हेर्न दर्शकको भिड लागेको थियो ।
तर दीपाश्री निरौलाले निर्देशनमा बनेको कमेडी फिल्म ‘छक्का पञ्जा’ भने मनोरञ्जनात्मक भएकाले दर्शकले मन पराएका हुन् । फिल्ममा अधिकांश हास्य कलाकर भएकाले फिल्म चलेको अाम मानिसको टिप्पणी छ । फिल्म सुरु भएदेखि अन्त्यसम्म नै दर्शक हाँस्ने वातावरण भएकाले यो फिल्म एकदमै रुचाइएको हो । फिल्ममा दीपकराज गिरी, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउत, नम्रता साप्कोटा लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ ।
The post ‘छक्का पञ्जा’ ले तोड्यो ‘कोहिनुर’ को किर्तीमान, गर्यो साँढे १२ करोड व्यापार appeared first on Sajha Post.