Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

हिन्दी फिल्मका डाइरेक्टर बनेर ठगी गर्ने दुई पक्राउ

$
0
0

काठमाडौं, १२ चैत । आफू हिन्दी फिल्म निर्देशक रहेको भन्दै बलिउडमा अभिनय गर्नका लागि अवसर दिने भन्दै ठगी गर्ने दुई जना भारतीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २४ वर्षिय विजय ठाकुर र करिष्मा बोहारा त्रिवेदी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

‘बोर्ड टाईस’ नामक हिन्दी फिल्ममा खेलाउने भन्दै राजधानीको लाजम्पिाटस्थित होटल ¥याडिसनमा अडिसनका लागि बोलाएर प्रतिव्यक्ति २५ हजार रुपैयाँ ठगी गरेका थिए ।

ललितपुरको सानेपामा चन्दन झाले संञ्चालन गरेको केटिएम फिल्म्मार्फत उनीहरुले १० जना नेपालीबाट पैसा उठाएका हुन् ।

पछि आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए ।

युवराज त्रिवेदी र करिष्मा बोहाराले आफूहरु भारतीय डाइरेक्टर भएको भन्दै केटिएम फिल्म्मा सम्पर्क राखेका थिए । कम्पनीका सञ्चालक झाले कलाकार खोज्न सहयोग गरेका थिए । पछि उनीहरु ठग भएको खुलेपछि झाले नै उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएर पक्राउ गराएका हुन् ।

पक्राउ परेका २ जनालाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको अपराध महाशाखाले जनाएको छ ।

The post हिन्दी फिल्मका डाइरेक्टर बनेर ठगी गर्ने दुई पक्राउ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles